१. पृष्ठभूमि
भाषा हरेक जाति र राष्ट्रको पहिचान हो । भाषाबाटै विविध संस्कृत तिको अभिव्यक्ति हुने र भाषाभित्र अनेक संस्कृति समेटिने हुँदा यसलाई महासंस्क्रितीका रूपमा लिइन्छ । भाष् धातुमा अङ्+टाप (आ) प्रत्यय गांसिएर बनेको भाषा शब्दको शाब्दिक अर्थ बोली वा वाणी भन्ने हुन्छ । व्युत्पत्तिमूलक सन्दर्भबाट हेर्दा भाषाले मानवीय उच्चारण अवयवद्वारा व्यक्त सार्थक ध्वनिलाई बुझाउंछ । मानिसले समाजमा दैनन्दिन व्यवहार भाषाका माध्यमबाटै सम्पन्न गर्छ । दैनिक सामाजिक व्यवहारमा विचारको आदानप्रदान भाषाकै माध्यमबाट हुने हुँदा भाषाविना मानिसका सामाजिक व्यवहार एवं क्रियाकलाप सञ्चालन हुँदैनन् । यसर्थ मानवद्वारा दैनन्दिन प्रयोग गरिने भाषा मानवजीवनको अनिवार्य एवं अपरिहार्य वस्तु हो ।

मानव समुदायमा विचार सम्प्रेषणको कार्य गर्ने यादृच्छिक र परम्परित वाक्प्रतीकको व्यवस्थालाई भाषा भनिन्छ । सामाजिक वस्तु, मानवीय वस्तु, वाक्प्रतीक, यादृच्छिक, परम्परितजस्ता विशेषतायुक्त भाषा सम्प्रेषणको सशक्त माध्यम हो । स्पष्ट व्यवस्थाका रूपमा रहेको भाषा उत्पादनशील एवं परिवर्तनशील हुन्छ र यसले सरलताको अनुसरण गरी संस्क्रितीक सञ्चरण गर्छ ।
संसारमा बसोबास गर्ने विभिन्न जातजातिका मानिसले प्रयोग गर्ने भाषा प्रयोगगत सन्दर्भबाट अनेक प्रकारका भएकाले भाषाको वर्गीकरण पनि अनेक आधारमा गरिएको छ । ध्वनि, शब्दरचना, वाक्यगठन, अर्थ, शब्दभण्डार, स्थानिक निकटता आदिको समानताका आधारमा संसारका भाषाहरूलाई विभिन्न वर्ग वा प्रकारमा विभाजन गरिए पनि भाषिक वर्गीकरणका मुख्य आधार संरचनात्मक वा आवृतिमूलक, भौगोलिक तथा पारिवारिक वा वंशगत गरी तीन प्रकारका मानिएका छन् । भाषिक वर्गीकरण वा भाषाहरूको परिवार विभाजन वा पारिवारिक वर्गीकरण गर्ने काम अत्यन्त कठिन र जटिल भएकाले अहिलेसम्म गरिएको वर्गीकरणलाई संसारका समग्र भाषाहरूको स्पष्ट र पूर्ण वर्गीकरण मानिएको छैन । संसारका केही भाषाहरूको गहन अध्ययन गरिएको भए पनि थुप्रै भाषाहरूको समुचित अध्ययन हुन बा“की नै छ ।
अहिलेसम्म संसारमा केकति भाषा छन् भन्ने कुरा यकिन गर्न नसकिए पनि संसारमा मोटामोटी ७००० जति भाषा भएको अनुमान गरिएको छ । भाषाका सङ्ख्याबारे यकिन नभएझैँ यसको पारिवारिक वर्गीकरणमा समेत मतभिन्नता रहेको छ । अस्तित्वबारे खास विवाद नभएका संसारका भाषाहरूलाई भारोपेली, अफ्रिकाली, चिनिया–तिब्बती, द्रविड, मलय–पोलिनेसियाली, ककेसियाली, अस्ट्रिक, जापानी–कोरियाली, युराल–अल्टाइली र अमेरिकाली गरी १० परिवारमा समेटिएको छ ।
भारोपेली परिवारका दुई मुख्य शाखा सतम् र केन्तुम्मध्ये सतम् वर्गको आर्यइरानेली शाखाअन्तर्गत आउने इरानेली, दरद र आर्यमध्ये नेपाली भाषाको सम्बन्ध आर्य भाषा वा संस्क्रीत भाषासँग रहेको छ । आर्य भाषाको विकास क्रमलाई प्राचीन, मध्यकालीन र आधुनिक गरी तीन कालमा बाँडिएको छ । प्राचीन आर्य भाषा (इस्वीपूर्व १५०० देखि इस्वीपूर्व ५०० सम्म) अन्तर्गत वैदिक संस्कृत र लौकिक संस्कृत पर्छन् । मध्यकालीन आर्य भाषा (इस्वीपूर्व ५०० देखि इस्वीको १००० सम्म) लाई प्रावृत काल पनि भनिन्छ र यसको विकास प्रथम प्राकृत वा पालि काल (इस्वीपूर्व ५०० देखि इस्वीको प्रारम्भ सम्म), द्वितीय प्राकृत वा साहित्यिक प्राकृत काल (इस्वीको प्रारम्भदेखि ५०० सम्म) तथा तृतीय प्राकृत वा अपभ्रंश काल (इस्वीको ५०० देखि १००० सम्म) गरी तीन चरणमा भएको मानिन्छ । प्रथम प्राकृत वा पालि कालमा प्राचीन प्राकृत र पालिको विकास एवं प्रयोग भएको, द्वितीय प्राकृत वा साहित्यिक प्राकृत कालमा प्राकृत को विकास खस, मागधी, अर्धमागधी, महाराष्ट्री, शौरसेनी, पैशाची आदिका रूपमा भएको अनि तृतीय प्राकृत वा अपभ्रंश कालमा अपभ्रंश भाषाहरूको विकास प्राकृतबाटै भएको मानिएको छ । आधुनिक आर्य भाषा (इस्वीको १००० देखि हालसम्म) अन्तर्गत अपभ्रंशबाट विकसित नेपाली, हिन्दी आदि भाषाहरू पर्छन् । यिनको उद्भव र विकास इस्वीको एघारौँ शताब्दीदेखि भएको मानिन्छ । देवनागरी लिपिमा लेखिने नेपाली र अन्य सबै आधुनिक आर्य भाषाहरू संस्कृतबाट विकसित वर्तमान भाषा हुन् । यसरी नेपाली भाषाको प्रत्यक्ष सम्बन्ध संस्कृत भाषासँग रहेको स्पष्टै देखिन्छ ।
२. नेपाली भाषाको विकास प्रकृया
भारोपेली परिवारको सतम् वर्गमा पर्ने आर्यइरानेली शाखाको एउटा भाषा मानिने नेपाली भाषाको जन्म अन्य आधुनिक आर्य भाषास“गै एघारौ“ शताब्दी वा १००० इस्वीमा भएको मानिन्छ । नेपाली भाषाको विकास बुझ्नु प्राक्रित एवं बुझ्न अपभ्रंशबाट भएको हो भन्ने कुरामा सामान्य मतमतान्तर पाइए पनि यो खस प्राकृत एवं खस अपभं्शबाट विकसित भएको भन्ने अधिकांश विद्वान्हरूले स्वीकार गरेका छन् । अन्य आधुनिक आर्य भाषासँगै उद्भव भएको नेपाली भाषाको विकास निम्नलिखित तीन कालमा भएको देखिन्छ ।

(क) प्राचीन काल (सुरुदेखि १५५५ सम्म)
प्राचीन कालको नेपालीलाई प्राचीन नेपाली, खस कुरा र सिञ्जाली पनि भनिन्छ । नेपाली भाषाको प्राचीनतम रूप भएकाले यसलाई प्राचीन नेपाली, खस जातिले बोल्ने भाषा भएकाले खस कुरा र कर्णाली प्रदेशका नागराजको राजधानी सिञ्जाको राजभाषा भएकाले सिञ्जाली भनिएको हो । एघारौ शताब्दीतिर खसहरूको मुख्य बासस्थान रहेको पश्चिम नेपालमा नागराजले खस राज्यको निर्माण गरी कर्णाली प्रदेशको सिञ्जालाई राजधानी बनाएको र नेपाली भाषालाई राजभाषा बनाई यसको संरक्षण र विकास गरेको मानिन्छ । त्यसबेला नेपाली भाषाको प्रमुख क्षेत्र कर्णाली भए पनि यसको विस्तार काठमाडौँ उपत्यकासम्म भएको देखिन्छ । प्राचीन नेपालीमा लेखिएका विभिन्न अभिलेखका साथै भास्वती (१४३७ तिर) एवं राजा गगनिराजको यात्रा (१५५० तिर) जस्ता केही ग्रन्थहरू उपलब्ध छन् । प्राचीन नेपालीका स्पष्ट भेद नभएकाले यो सर्वत्र एकनास रहेको देखिन्छ ।
सर्वत्र एकरूपता, तत्सम र तद्भव शब्दको आधिक्य, कतिपय विभक्ति, संयोजक र बहुवचनबोधक ‘हरू’ प्रत्ययको अभाव, साहित्यिक लेखनको अभाव आदि प्राचीन कालको नेपाली भाषाका मुख्य विशेषता हुन् ।

(ख) मध्यकाल (१५५५ देखि १९५७ सम्म)
धवकर्मठ लिखित १५५५ सालको कार्बोरिक विवोष शाहीको अभिलेखमा सर्वप्रथम मध्यकालीन नेपाली भाषाका स्पष्ट लक्षणहरू देखिएका छन् । अभय मल्लको पालादेखि थालिएको सिञ्जा राज्यको विघटनसँगै नेपाली भाषा पनि विखण्डित भई यसका विभिन्न भेदहरू देखापर्न थाल्छन् । यस कालमा नेपाली भाषाको प्रसार काठमाडौँ उपत्यकाका साथै पूर्वी नेपाल र पूर्वी भारतसम्म भएको पाइन्छ । यसरी भौगोलिक विस्तार र अन्य भाषासंग सम्पर्कका कारण नेपाली भाषाका विभिन्न उपभेद/भाषिकाहरू विकसित हु“दै जान्छन् । पृथ्वीनारायण शाहको एकीकरण अभियानसंगै पूर्वेली भाषिकाले राजभाषा, सम्पर्क भाषा र माध्यम भाषाको कार्य गर्नाका साथै यसमा साहित्यको पनि सिर्जना भएको पाइन्छ । मध्यकालीन नेपालीमा मान शाही, साइमन शाही आदिका विभिन्न अभिलेख, प्रताप मल्ल आदिका शिलालेखका साथै ज्योतिष, वैद्यक, नैतिक आचार आदि विविध विषयक ग्रन्थहरू पनि लेखिएका छन् । यसै समयमा पृथ्वीनारायण शाहको दिव्योपदेश (१८३१ तिर), हितोपदेश मित्रलाभ (१८३३), हास्यकदम्ब (१८५५), गीतगोविन्द (१८८८), भानुभक्तीय रामायण (१९१०), कवि भानुभक्ताचार्यको जीवन चरित्र (१९४८) आदिको रचना भएको पाइन्छ ।

भौगोलिक र प्रयोगगत विस्तारका कारण भाषिक प्रयोगमा विविधता, आगन्तुक शब्द प्रयोगको प्रारम्भ, कतिपय विभक्ति, संयोजक र बहुवचनबोधक ‘हरू’ प्रत्ययको प्रयोग, साहित्यिक लेखनको प्रारम्भ आदि मध्यकालको नेपाली भाषाका मुख्य विशेषता हुन् ।
(ग) आधुनिक काल (१९५८ देखि यता)
१९५८ सालमा गोरखापत्रको प्रकाशन भएदेखि यताको नेपाली भाषालाई आधुनिक नेपाली भाषा मानिन्छ । यस अवधिमा नेपाली भाषाको विस्तार नेपालभित्र मात्र सीमित नरही देशको सीमाबाहिरसमेत भएको देखिन्छ । यसै अवधिमा राष्ट्रभाषा र साझा भाषा बन्न पुगेको आधुनिक नेपाली भाषाको प्रयोग ज्ञानविज्ञानका सबै क्षेत्रमा भएको पाइन्छ । औपचारिक र अनौपचारिक दुवै रूपमा प्रयोग गरिने आधुनिक नेपाली भाषामा प्रशस्त साहित्यको पनि सिर्जना गरिएको छ । राष्ट्रभाषा, साझा भाषा, सम्पर्क भाषा र माध्यम भाषाका रूपमा विकसित भइसकेको नेपाली भाषा यतिखेर अन्तर्राष्ट्रियकरणसमेत भइसकेको छ ।

अधिक विविधतायुक्त भाषिक प्रयोग, अनेक स्रोतका आगन्तुक शब्दको प्रवेश र व्यापक विस्तार, प्रचुर साहित्यिक लेखन आदि आधुनिक कालको नेपाली भाषाका मुख्य विशेषता हुन् ।
३. नेपाली भाषामा देखिएका विवाद
लामो समय अर्थात् एक हजार वर्ष अगिदेखि विकास र विस्तार हु“दै आएको नेपाली भाषाको आधुनिक कालको सुरुतिरै प्रकाशित हेमराज पाण्डेको गोरखा भाषा चन्द्रिका व्याकरण (१९६९), सोमनाथ शर्माको मध्यचन्द्रिका (१९७६) लगायतका विभिन्न व्याकरणहरूले पनि नेपाली भाषाको मानकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली भाषाको आधुनिक कालीन समयावधिमा भाषा विषयक विभिन्न आन्दोलन र अभियानहरू पनि सञ्चालन गरिएका पाइन्छन् । यस सन्दर्भमा हलन्त बहिष्कार आन्दोलन (१९६५) र झर्राेवादी आन्दोलन (२०१३) तथा नेपाली कसरी शुद्ध लेख्ने ? (१९९१) भन्ने अभियान नेपाली भाषाको विकासमा विशेष उल्लेख्य छन् । यी विविध आन्दोलन र अभियानले नेपाली भाषाको विकासमा केही न केही योगदान पु¥याएकै देखिन्छ । नेपाली भाषालाई मानकीकरण र स्तरीकरण गर्ने सन्दर्भमा कतिपय संस्थागत प्रयासहरू पनि भएका छन् । तिनमा अनिवार्य नेपाली शिक्षण निर्देशन (२०३६, २०४६), नेपाली बृहत् शब्दकोश (२०४० र २०५८) लगायतको पनि उल्लेख्य भूमिका रहेको छ । यसरी एक हजार वर्ष पार गरिसकेको नेपाली भाषामा उहिलेदेखि अहिलेसम्म थुप्रै व्याकरण र कोशको निर्माणका साथै साहित्यका सबैजसो विधाका प्रशस्त कृतिहरूको सिर्जना भइसकेको र यसले मानक स्वरूपसमेत ग्रहण गरिसकेको हुँदा यो एउटा विकसित र सम्पन्न भाषा हो ।

उल्लिखित व्याकरण र शब्दकोशमा प्रस्तुत दृष्टिकोणले खासै विवाद उत्पन्न गरेको नदेखिए पनि पछिल्लो समयमा विशेषतः २०६६ सालदेखि प्रकाशित कतिपय सामग्रीले नेपाली भाषाको एउटा महŒवपूर्ण पक्ष वर्णविन्यासका क्षेत्रमा विवाद उत्पन्न गरेकोे देखिन्छ । २०६६ सालमा केही व्यक्तिद्वारा चन्द्रगढी घोषणापत्रका नामबाट प्रचलित ह्रस्व–दीर्घ, पदवियोग तथा संयुक्त वर्णको खुट्टो काटेर बिगार्नेजस्ता अनावश्यक सन्दर्भहरू भित्राउने प्रयत्न गरियो । २०६६ सालमै अनिवार्य नेपाली विषय स्थायी समितिका नामबाट प्रकाशित अनिवार्य शिक्षण निर्देशिकाले नेपाली वर्णविन्यासको परिवर्तनका नाममा प्रचलनभन्दा भिन्न ढङ्गले पदवियोगसम्बन्धी प्रसङ्गहरू प्रस्तुत गर्दै ह्रस्व–दीर्घसम्बन्धी कतिपय भिन्न दृष्टिकोणहरू प्रस्तावित गरेको छ । यसले ‘विश्वविद्यालय’ जोडेर लेखिएको लेटर हेडमा ‘विश्व विद्यालय’ छुट्ट्याएर लेखी भाषाप्रेमीलाई भड्काउने काम ग¥यो । यसै समितिका नाममा २०६५ सालमा प्रकाशित नेपाली साहित्यिक रचना नामक पुस्तकमा भने ‘विश्वविद्यालय’ लाई जोडेरै प्रस्तुत गरिएको छ । ‘विश्वविद्यालय’ जस्ता शब्द अनिवार्य नेपालीको व्याकरणमा छुट्ट्याउने अनि पाठ खण्डमा जोड्ने भन्ने कुरा त हुँदैन । यसरी एउटै समितिका व्यक्ति समूहबाट तयार पारिएका दुईवटा पुस्तकमा भिन्नभिन्न वर्णविन्यास प्रस्तुत गरी लेखनलाई अव्यवस्थित तुल्याइयो । यसमा ह्रस्व–दीर्घसम्बन्धी कतिपय दृष्टिकोण प्रस्तावित भए पनि धेरजसो शिष्ट परम्परामै आधारित छन् ।
यसपछि २०६७ सालमा केही व्यक्तिहरूबाट उच्च माध्यमिक शिक्षा परिषद्को लोगोमा सबैको नेपाली नामक पुस्तक तयार गरी त्यसलाई सबैतिर अनिवार्य रूपमा लागु गर्नु भन्ने हुकुमी शैलीको परिपत्र जारी गर्नाका साथै सञ्चार माध्यमबाट सूचनासमेत प्रसारण गरियो । नेपाली वर्णविन्यासमा प्रचलित शिष्ट परम्परालाई पुरै खल्बल्याएर तयार पारिएको यस पुस्तकले एकाधिकारवादी चिन्तनका साथै निषेधको प्रक्रिया अनुसरण गरेकाले यसको सर्वत्र विरोध भयो र भइरहेको छ । २०६७ सालमै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा सङ्गोष्ठी गरे तापनि ठोस निष्कर्ष निकाल्न नसकी अलमलकै स्थितिमा छोडिदियो ।
२०६६ सालपछि देखापरेका भाषिक अराजकताको प्रतिक्रियास्वरूप २०६८ सालमा केही व्यक्तिहरूको सक्रियतामा ललितपुर घोषणापत्र जारी गरी नेपाली भाषाको वर्णविन्यासलाई निकै पछाडि फर्काउने प्रयत्न गरियो भने २०६९ सालमा त्यसलाई केही व्यवस्थित गर्ने प्रयत्न गरिएको छ । २०६९ सालमै शिक्षा मन्त्रालयबाट पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र र त्यसैका आधारमा तयार पारिएको भनिएको प्रकाशन शैली (२०७०) ले ह्रस्व–दीर्घ तथा पदयोग र वियोगसम्बन्धी प्रचलित परम्पराका कतिपय सन्दर्र्भका साथै विशेषतः संयुक्त वर्णसम्बन्धी परम्परा र प्रचलनलाई भत्काई भाषालाई कुरूपतातर्फ धकेलेर माध्यमिक तहको शिक्षालाई अस्तव्यस्त तुल्याउने काम गर्यो । सरकारी निकायले परिपत्र गरी भाषा लाद्ने काम गर्नु उपयुक्त होइन । २०७२ सालमा नेपाली बृहत् शब्दकोशलाई मनपरी ढङ्गबाट भत्काएर नेपाली मानक भाषालाई नै अस्तव्यस्त तुल्याइयो ।
४. निष्कर्ष: विवादको समाधान
नेपाली भाषाको लेख्य मानक प्रयोग वा वर्णविन्यासलाई केही व्यक्ति र निकायबाट प्रायोजित रूपले अस्तव्यस्त पारी नेपाली भाषाको अस्तित्वलाई नै सङ्कटग्रस्त तुल्याइएको छ । घोषणापत्र र परिपत्रका रूपमा देखापरेका दुई खाले दृष्टिकोणमध्ये पहिलो पश्चगमनतर्फ उन्मुख छ भने दोस्रो अग्रगमनका नाममा अराजकता निम्त्याउनेतर्फ उन्मुख छ । यहाँ“ एउटा अतिवादले अर्काे अतिवाद जन्माएको देखिन्छ । यसप्रकारका पश्चगामी र अराजक गतिविधिले नेपाली भाषालाई विकासतर्फ नभई विनाशतर्फ धकेल्न खोजेको छ । यी दुवै अतिवादी दृष्टिकोण भएकाले यिनले अन्ततः भाषालाई खति नै पुर्याउँछन् । यी दुईमध्ये घोषणापत्र वैयक्तिक प्रकृतिको भएकाले त्यसले भाषिक प्रयोक्तालाई खासै असर पार्दैन र पारेको पनि छैन । घोषणापत्रमा पनि चन्द्रगढी घोषणापत्रजति अराजक ललितपुर घोषणापत्र छैन । यसका पश्चगमनतर्फ उन्मुख हुन खोज्ने कतिपय सन्दर्भलाई सामान्य संशोधन गरी समेटेर लान सकिए पनि परिपत्र सरकारी आदेशका रूपमा जबर्जस्ती ढङ्गबाट आएको हुँदा त्यो आपत्तिजनक भएकाले परिपत्रवादीका अराजकता स्वीकार गर्न सकिन्न । भाषालाई विकृत तुल्याउन हरिया मट्याङ्ग्राले विशेष भूमिका खेलेको भन्ने चर्चा पनि सुनिन्छ । यदि यो सत्य हो भने योभन्दा निन्दनीय र आपराधिक कुरा अरू केही पनि हुनसक्दैन ।

खासमा भाषा घोषणापत्र वा परिपत्रका माध्यमबाट लागु गरिने वस्तु होइन । लामो समयदेखि प्रचलित नेपाली भाषाको वर्णविन्यासले लगभग मानक रूप लिइसकेको अवस्थामा अहिले आएर एक्कासि के भयो र विना आधार परिवर्तनका नाममा अराजकता फैलाउनु पर्यो ? यसतर्फ नेपाली भाषाप्रेमी सबै सचेष्ट रहनु आवश्यक छ ।
केही व्यक्तिले पदीय दुरुपयोग गरी भाषाको लेख्यरूपलाई विकृत तुल्याउन गरेका दुष्कार्य र जबर्जस्ती लादिएको नियमलाई आमसञ्चार, पत्रकारिता, स्रष्टाहरू, प्रकाशन संस्था, भाषाका आम प्रयोक्ता कसैले पनि स्वीकार नगरेकाले अब तिनीहरूले सार्वजनिक रूपमा माफी मागेर आना गल्तीलाई सच्च्याउने, पहिले परिपत्र गर्ने मन्त्रीले नै गल्ती स्वीकार गरिसकेकाले शिक्षा मन्त्रालयको पुरानो परिपत्र (२०६९) लाई अर्काे परिपत्रबाटै बदर गर्ने तथा नेपाली बृहत् शब्दकोश (२०७२) मा प्रयुक्त वर्र्णिवन्यास र लिपिचि≈न एवं विवादित प्रविष्टिले नेपाली भाषामा अराजकता फैलाएको हु“दा त्यसलाई बजारमा नलगी २०५८ को संस्करणलाई निरन्तरता दिने काम गरिएमा अहिले नेपाली भाषा बल्झाइएका समस्याको समाधान हुन्छ अन्यथा यसले विकराल रूप लिनसक्छ । यस्तो स्थिति नआओस् भन्ने अपेक्षा गरिन्छ । भाषा जननी भएकाले सबै एक जुट भई नेपाली भाषाको अस्तित्व जोगाऔँ ।
http://www.brtnepal.com बाट साभार
No comments:
Post a Comment